अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माइजोगमाई गाउँपालिका-१ मा एमालेका उम्मेदवार निर्वाचित

माइजोगमाई गाउँपालिका-१ मा एमालेका उम्मेदवार निर्वाचित


 इलाम – माइजोगमाई गाउँपालिका-१ को अध्यक्षमा एमालेका उम्मेदवार यामकुमार कार्की निर्वाचित हुनु भएको छ । मत बराबर आएपछि गोला प्रथाबाट उहाँ अध्यक्ष चयन हुनु भएको हो ।

माइजोगमाई-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका टेकबहादुर शाह र कार्कीले बराबरी मत पाएका थिए । बराबरी मत ल्याए पनि उम्मेदवारलाई गोला गरेका थिएन । गोला नगरी अन्य वडाको मत गणना भइरहेको थियो ।

अन्तिम नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले बराबरी भएको वडाध्यक्ष टुङ्गो लगाएर मात्रै वडा नम्बर ६ को मत गणना गर्नुपर्ने माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए ।

सत्तारुढ गठबन्धनको निवेदनपछि मत गणना रोकिएको थियो । वडा नम्बर १ को वडाध्यक्षको टुङ्गो लागेपछि अब वडा नम्बर ६ को मत गणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।