सप्तरी – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
एमालेबाट अध्यक्ष पदमा दिनानाथ चौधरी र उपाध्यक्षमा कांग्रेसबाट कल्पना चौधरी निर्वाचित हुनु भएको हो ।
दिनानाथ ४ हजार ८७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८८८ मत ल्याएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्षमा चौधरी निर्वाचित भएका थिए ।
उपाध्यक्षमा कांग्रेसकी चौधरी ४ हजार २१६ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी शैलेन्द्रीकुमारी लेखीले ३ हजार ४५९ मत ल्याएका थिए ।





प्रतिक्रिया