अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोचक मोडमा वीरेन्द्रनगरको मतगणना, उछिनपाछिनमा रहेका खड्कालाई पछि पार्दै ढकाल

रोचक मोडमा वीरेन्द्रनगरको मतगणना, उछिनपाछिनमा रहेका खड्कालाई पछि पार्दै ढकाल


मतगणनास्थलमा मेयर उम्मेदवार ढकाल र खड्का । फोटो गोविन्द खत्रीको फेसबुकबाट

सुर्खेत– सुर्खेत धेरैले चासोपूर्वक हेरेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मत परिणाम रोचक मोडबाट अघि बढेको छ ।

नेकपा एमालेकी मोहनमाया ढकाल र गठबन्धनका उपेन्द्र बहादुर खड्काबीचको उछानापाछिनले कर्णाली प्रदेशको राजधानी नगरतिर धेरैको ध्यान तानिएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला भएकोले कांग्रेसले यो नगरलाई खड्काको प्रतिष्ठाको विषय बनाएर माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो ।
मतगणना सुरु भएपछि ढकाल र खड्का एकले अर्कालाई पटकै पिच्छे दबाबमा राखेको देखिन्छ । हालसम्मका धेरै घोषणामा साटफेर गरेर उनीहरु अघिपछि भएका छन् । झिनो मतान्तरले अघिपछि हुने गरेकोले गणनामा बसेका र परिणाम सुन्न पर्खेर बसेकाहरु पनि रोमान्चित हुने गरेका छन् ।

आज विहान ९.४९ को मत परिणाम अनुसार ८ हजार ८ सय ३३ मत ल्याएर खड्काले ढकाललाई ७ मतले पछि पार्नुभएको थियो । विहान ११.४० को परिणाम अनुसार ढकालले खड्कालाई बदला लिंदै २६ मतले पछि पार्नुभयो । दिउसो १.४४ को परिणाम अनुसार ढकालले मतान्तर बढाएर ७३ ले अघि बढ्नुभयो । यसबेला ढकालको १० हजार ३ सय ३५ र खड्काको १० हजार २ सय ६२ मत रहेको थियो । हाल वडा नं ६ र १२ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यलय सुर्खेतले जनाएको छ ।

दिउँसो २ बजेको मत परिणाम अनुसार ढकालले खड्कालाई १ सय ४२ मतले पछि पार्नुभएको छ । हाल ढकालको १० हजार ५ सय ७४ र खड्काको १० हजार ४ सय ३२ मत रहेको छ । अब गणना गर्न करिब २० हजार मत बाँकी रहेको र ढकालको अग्रता पनि बढ्दै गएको एमाले नेताहरु बताउँछन् । ४८ हजार १ सय ७९ मत झरेको यो नगरका ९ वटा वटा वडाको गणना सकिएको छ । जसमा ६ वटा एमाले र तीनवटा कांग्रेसले जितेको छ । अहिले वडा नं ६ र १२ को गणना जारी छ । अब ७,८,९,१० र ११ नं वडा गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

नगरपालिकामा एमालेका उम्मेदवारको मत अनपेक्षितरुपमा राप्रपाले काटेको पाइएको गणनामा रहेका दलका प्रतिनिधिहरुले बताएका छन् ।