अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुरको षडानन्दको मेयरमा एमाले र उपमेयरमा माओवादी केन्द्र विजयी

भोजपुरको षडानन्दको मेयरमा एमाले र उपमेयरमा माओवादी केन्द्र विजयी


भोजपुर – भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरेन्द्रकुमार उदास विजयी हुनु भएको छ । उहाँले गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वीरबल राईलाई १ हजार १५ मत अन्तरले पराजित गरेका छन् ।

मेयरमा निर्वाचित उदासले ६ हजार ७७२ मत पाउँदा राईले ५ हजार ७५७ मत ल्याउनु भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राईले उदासलाई हराउनु भएको थियो ।

मेयरमा एमालेका उदास विजयी हुँदा उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी प्रमिला राई निर्वाचित हुनु भएको थियो । उहाँले ७ हजार २५७ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी एमालेकी मेरिका राईले ४ हजार ३५८ मत ल्याउनु भयो ।

२०७४ सालको निर्वाचनमा प्रमिला मेरिकासँग पराजित हुनु भएको थियो ।