पर्सा – नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेल नेतृत्वको पार्टी पर्साको एउटा वडामा निर्वाचित भएको छ।
नेपाल सुशासन पार्टीले पर्साको पोखरिया नगरपालिका वडा-९ को वडाध्यक्ष र ३ सदस्य जितेको हो।
मकैको घोगो चुनाव चिन्हबाट वडाध्यक्षमा नौसाद आलम निर्वाचित भएका हुन्। उहाँले ८७७ मत पाउँदा कांग्रेसका रामबाबुप्रसाद चौहानले ६७८ मत पाएका थिए ।
यस्तै खुल्ला सदस्यमा रोशनकुमार कुशवाहा र फूलेनाप्रसाद चौहान निर्वाचित हुनु भएको छ । यस्तै दलितमहिला सदस्यमा उमादेवी चमइन निर्वाचित हुनु भएको हो । महिला सदस्यमा भने सुशासन पार्टीकी रब्या खातुन पराजित हुनु भएको छ ।
१० मध्ये ६ वटा वडामा यो पार्टीबाट उम्मेदवारी परेको थियो। एसपी हुँदा बसेको कारण पर्सामा उहाँको राम्रो प्रभाव छ।





प्रतिक्रिया