अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्कीको मादीमा अध्यक्षमा कांग्रेसका देवीजंग र उपाध्यक्षमा एमालेकी कल्पना विजयी

कास्कीको मादीमा अध्यक्षमा कांग्रेसका देवीजंग र उपाध्यक्षमा एमालेकी कल्पना विजयी


पोखरा – मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित हुनु भएको छ ।

यसअघि २०७४ मा एमालेले जितेको मादी अध्यक्षमा कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरूङलाई ८३४ मतान्तरले पराजित गरेका हुन् । देवीजंगले ६ हजार ५८४ मत ल्याउँदा शिवले ५ हजार ७५० मत प्राप्त गर्नु भयो ।

उपाध्यक्षमा भने एमालेकी कल्पना गुरूङ निर्वाचित हुनु भएको छ । उहाँले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लालबहादुर गरूङलाई पराजित गर्नु भएको हो । कल्पनाले ५ हजार ८२८ र लालबहादुरले ५ हजार ६१६ मत प्राप्त गर्नु भयो ।

मादीमा कांग्रेसले ७, एमालेले ३ र माओवादीले २ वटा वडा जितेको छ । मादीमा १८ हजार ७८२ मतदाता रहेकोमा १३ हजार ७६३ मत खसेको थियो । यहाँ २०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।