अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हट्यो ९ महिना लामो संसदको अवरोध

हट्यो ९ महिना लामो संसदको अवरोध


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले नौ महिना लामो प्रतिनिधिसभा संसदमा जारी अवरोध अन्त्य गरेको छ ।

बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

एमालेका नाराबाजीका बीच बजेट (प्रतिस्थापपन विधेयक) लगायतका केही विधेयक पास भए पनि संसद प्रभावकारी भएन ।

३० वैशाखमा स्थानीय तह निर्वाचन भएपछि भने एमालेले संसदको अवरोध हटायो । मंगलबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोलेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘अदालतले कारबाही नगरे पनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेका छन् भन्ने लाग्छ । विभाजनका कारकहरुको परीणामलाई हामीले हेरिरहेका छौं।’