अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनको माडीको मेयरमा एमालेकी महतो निर्वाचित

चितवनको माडीको मेयरमा एमालेकी महतो निर्वाचित


चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ ।

एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गर्नु भएको हो । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याएका थिए ।

उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित हुनु भएको छ । उहाँले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याएका थिए । स्वतन्त्र उम्मेवार बनेका कृष्ण पौडेलले उपमेयरमा ३ हजार ८६ मत ल्याएका थिए । उहाँ कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र भई उम्मेदवार बनेका हुन् ।

एमालेबाट निर्वाचित बनेकी ताराकुमारी काजी महतो यसअघिको स्थानीय तहको निर्वाचमा उपमेयरमा निर्वाचित हुनु भएको थियो ।