धनगढी – कैलालीको गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि गणना अवरुद्ध भएको छ ।
मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले विरोध जनाएपछि मत गणना स्थगित भएको हो ।
एमालेले सत्तारुढ गठबन्धनले चुनावमा धाँधली गर्ने उद्देश्यले स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेको आरोप लगाएको छ । उक्त स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धन निकट मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारी समेत भेटिएको भन्दै एमालेले छाप लगाएर मतपत्र साटासाट गर्ने काम गरिएको आशंका गरेको छ ।





प्रतिक्रिया