अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन: प्रदीप ज्ञवाली

देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन: प्रदीप ज्ञवाली

सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्री र अर्थमन्त्री अब ब्यूँझिनुस् देश संकटमा छ


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ ।

आजबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले आर्थिक अवस्थासहितका कारण देश संकटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर बन्न नसकेको आरोप लगाउनु भयो

उहाँले भन्नुभयो, ‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू ब्युँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश संकटमा छ। देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन । हामी यसको खबरदारी गर्छौ ।’