संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेका मेयरका उम्मेदवार कृष्णकुमार तामाङ ६ हजार ७५७ सहित निर्वाचित भएका हुन् । उहाँले नेपाली काँग्रेसका ज्ञानबहादुर कार्कीलाई ८१७ मतान्तरले पराजित गर्नु भएको हो । काँग्रेसका कार्कीले ५ हजार ९४० मात्र प्राप्त गर्नु भयो ।
चैनपुरको उपमेयरमा पनि एमालेकै एलिना श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले ६ हजार ३०५ ल्याउँदा माओवादी केन्द्रका लाखमान तामाङले ५ हजार ४३० पाएका थिए । तामाङ एमाले उम्मेदवार श्रेष्ठसँग ८७५ मतान्तरले पराजित हुनु भएको हो ।
चैनपुरमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो । गठबन्धनलाई पराजित गरेर एमालेले मेयर उप मेयरमा जित हात पारेको हो ।





प्रतिक्रिया