डोटी – डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका बाजी सिंह खड्का र उपमेयरमा कलावती महर साउँद निर्वाचित हुनु भएको हो ।
खड्काले नेकपा एमालेका लक्ष्मणबहादुर मलासीलाई १ हजार ६२३ मत अन्तरले पराजित गर्नु भएको हो । खड्काले ५ हजार १३८ मत ल्याउँदा मलासीले ३ हजार ५१५ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा कांग्रेसकी महरले ४ हजार ७६८ मत ल्याउँदा एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त प्राप्त गर्नुभयो ।
२०७४ सालको निर्वाचनमा दिपायल सिलगढीमा एमालेले जितेको थियो ।





प्रतिक्रिया