लमजुङ – लमजुङको दोर्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका युवराज अधिकारी निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसका बिच्छबहादुर घले निर्वाचित भएका छन् ।
अधिकारीले ४ हजार ७३८ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले ४ हजार ६५१, राप्रपाका गोपाल लामिछानेले ९३ मत, जसपा नेपालका खेमजङ गुरुङले ४५ मत, स्वतन्त्र उम्मेदवार हरिशचन्द्र पण्डितले १ मत ल्याए ।
उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बिच्छ्बहादुर घलेले ४ हजार ९५८ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी मंगोल नेशनल अर्गनाइजेसनका कृष्णबहादुर गुरुङ (तामाङ)ले १२९ मत र राप्रपाका नन्दिमाया गुरुङले ८० मत ल्याएका छन् ।





प्रतिक्रिया