अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी


गोरखा – गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक तिमिल्सिना निर्वाचित हुनु भएको छ । ६ हजार ३२६ मत ल्याएर उहाँ निर्वाचित हुनु भएको हो ।

तिमिल्सिनाका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका होम बहादुर रानाले ४ हजार ६५५ मत प्राप्त गर्नु भएको हो । राना यसअघिको निर्वाचनमा पालिका अध्यक्ष निर्वाचित हुनु भएको थियो ।

उपाध्यक्षमा नेपाली कांग्रसकी ललिता अधिकारी निर्वाचित हुनु भएको छ । उहाँले ४ हजार ८२१ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका भीम नारायण श्रेष्ठले ४ हजार ४४ मत प्राप्त गरेका छन् । अधिकारी यसअघिको निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

आठ वटा वडा रहेको उक्त गाउँपालिकामा माओवादी केन्द्रले ६ वडा, कांग्रेस र एमालेले एक/एक वडा जितेका छन् । माओवादी केन्द्रले वडा नम्वर १,२,५,६,७,८, कांग्रेसले वडा नम्वर ३ र एमालेले वडा नम्वर ४ जितेको हो ।