अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी


तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी हुनुभएको छ । अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर परेको छ ।

अध्यक्षमा विजयी थापाले तीन हजार २२९ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिं थापाले तीन हजार १६६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विजयी गुरुङले तीन हजार २७ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गर्नुभयो ।

छवटा वडामध्ये बन्दीपुरमा नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई र नेपाली कांग्रेसले एक वडा जितेको छ । एमालेले वडा नं १, ४ र ६, नेकपा माओवादी केन्द्रले २ र ५ तथा कांग्रेसले ३ नं वडा जितेको छ । कूल १५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो ।