तनहुँ – तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ तीन हजार ३३५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार श्रीराम आलेले तीन हजार ३३ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका हरिराज कँडेलले दुई हजार ७९२ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा गिनुमाया थापा चार हजार ४२९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मधुसिं थापाले तीन हजार ४८९ मत प्राप्त गर्नुभयो । विजयी थापा पनि दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । १८ हजार ८३८ मतदाता रहेको गाउँपालिकामा १० हजार ६७७ मत खसेको थियो ।
आठ वडा रहेको गाउँपालिकामा नेपाली कांग्रेसले पाँच, स्वतन्त्र उम्मेदवारले दुई र नेकपा माओवादी केन्द्रले एक वडामा जीत हासिल गरेको छ ।





प्रतिक्रिया