अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी  

भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी  


रुकुम – रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सबिना बुढा निर्वाचित हुनु भएको हो । अध्यक्षमा निर्वाचित श्रेष्ठले ३ हजार ९७५ मत मत पाए भने उहाँका निकटतम प्रतिस्पर्धी मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ५०३ मत पाएका थिए ।

उपाध्यक्षमा निर्वाचित बुढाले ३ हजार ९५१ मत पाएका थिए भने नेकपा एमालेका कमान सिहं डाँगी क्षेत्रीले एक हजार ३५५ मत पाए ।

यस गाउँपालिकामा उम्मेद्वारी दिने बेलामा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए ।

गठबन्धन गर्दा कांग्रेसले पालिका अध्यक्षमा र एमालेबाट उपाध्यक्षमा उममेद्वारी दर्ता भएको थियो ।

९ वटा वडा रहेको यस गाउँपालिकाको ८ नम्बर वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ । वडा सदस्य सबै माओवादीले जितेको छ ।

४ नम्बर वडामा एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन् ।

अन्य सबै वडामा माओवादीको प्यानलै विजयी भएको छ ।