अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी


दोलखा – दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले वियजी भएको छ ।

जिरीको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी (खड्का) निर्वाचित भएका छन् ।

जिरेलले मेयरमा २ हजार ९४९ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले २ हजार ६९२ मत मात्र पाएका थिए ।

यस्तै उपमेयरमा बुढाथोकीले ३ हजार ४३४ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्का तेजबहादुर तामाङले ३ हजार १२० मत मात्र ल्याएका थिए ।

२०७४ सालमा पनि बुढाथोकी जिरीको उपप्रमुख पदमा निर्वाचित हुनु भएको थियो ।