चितवन – चितवनको माडी नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ ।
एमालेले माडीमा गठबन्धनका उम्मेदवारलाई हराएर मेयर जितेको हो । मेयरमा एमालेका तारा कुमारी काजी महतो ९ हजार ९०१ मतसहित निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका ऋषि राम काफ्लेले ७ हजार ७२९ मत ल्याएका छन् ।
उप मेयरमा नेपाली काँग्रेसका खेमप्रसाद महताेले ६८३० मतसहित निर्वाचित हुनु भएको छ । राप्रपाका मदनप्रसाद पाैडेल ५१४० मत मात्र ल्याए । माडीमा पाँच दलीय गठबन्धन र एमाले–राप्रपाबीच प्रतिस्पर्धा भएकाे थियाे





प्रतिक्रिया