अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी


रामेछाप – रामेछापको रामेछाप नगरपालिकाको मेयर र उपमेयर नेपाली काँग्रेसले जितेको छ ।

मेयरमा नेपाली काँग्रेसका उम्मेदवार लबश्री न्यौपाने र उपमेयरमा बाला कार्की निर्वाचित भएका हुन् । रामेछाप काँग्रेसको पूर्व सभापति समेत रहेका न्यौपानेले नेकपा एमालेका रोश पाख्रिनलाई पराजित गर्नु भएको हो ।

न्यौपानेले ६ हजार ६३९ मत हाँसिल गरेका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी पाख्रिनले ५ हजार ९८६ मत ल्याएका थिए ।

उपमेयरमा निर्वाचित बाला कार्कीले ६ हजार ६४० मत ल्याउनु भएको थियो । मेयरका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशबावु श्रेष्ठ २ हजार ५९८ मतमा सिमित भएका छन् ।