काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेल कांग्रेस बरिष्ठ नेता स्थानीय तह निर्वाचनको दिन कांग्रेस कार्यकर्ताको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दिपकराज जोशीलाई भेटन अस्पताल पुग्नुभएको छ । निर्वाचनको क्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा मेयरका उम्मेदवार जोशीमाथि ज्यान लिने उदेश्यका साथ आक्रमण भएको थियो ।
चुनावको दिन आक्रमणमा परी घाइते हुनुभएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोबिन्दराज जोशी समुहे तनहुँमा गरेको बिद्रोहपछि एमालेसँग तालेल गरी सूर्य चिन्ह लिएर मेयरको उम्मेदवार बन्नुभएका जोशीको स्वास्थ्य अवस्था बुझ्न एमाले महासचिव पोखरेल अस्पताल पुग्नुभएको हो ।
अस्पतालमा महासचिव पोखरेलसँगै उपमहासचिव बिष्णु रिमाल, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, पोलिटब्यूरो सदस्य पार्वत गुरुङ हुनुहुन्थ्यो । अस्प्ताल पुगेर मासचिव पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै यस्ता घटनाबाट निरास नहुन र दृढताका साथ जनताको बीचमा गएर सामना गर्दै परास्त गर्न सुझाव दिनुभयो ।
‘राजनीतिमा राम्रा मान्छे नटिकुन भनेर गरिएको हतकण्डा हो तपाईंमाथिको आक्रमण, यसलाई दृढताका साथ सामना गरेर जनताको बलमा परास्त गर्नुपर्छ, हामी सवै तपाईंको साथमा छौं, निरास नहुनोस,’ घाइते जोशीलाई महासचिव पोखरेलले भन्नुभयो । अस्पतालमा स्वास्थ्यलाम गरिरहनु भएका जोशीले पनि यस्ता घटनाबाट आफू बिचलित नहुने बताउनु भयो । ‘सामना गर्न भनेरै आएको हो अमेरिका छाडेर, अव पनि दृढताका साथ सामना गरिन्छ,’ जोशीले भन्नुभयो ।
रामचन्द्र पौडेलको जन्मगाउँ तनहुको व्यास नगरपालिका–८, रिस्तीमा चुनावको दिन जोशीमाथि आक्रमण भएको थियो । सो वडाको मतदान केन्द्र (ख)मा निर्वाचन स्वच्छ र निष्पक्ष नभएपछि एमाले र जोशी समुहले बिरोध गरेको थियो । एउटै व्यक्तिले सहयोगीको बाहानामा पटक–पटक एकलौटीरुपमा मत हालेपछि असन्तुष्टि जनाएर बाहिरिए पछि केही बेर मतदान रोकिएको थियो । मतदान चलिरहेको अवस्थामा दिउँसो ३ बजेतिर एमालेको तर्फका उम्मेदवार दिपकराज जोशी मतदान केन्द्र आएर कर्मचारीसँग किन यस्तो एकपक्षीय भयो भन्दै प्रश्न गर्दा गदै जोशीले प्रश्न गर्दा एक्कासी आक्रमण भएको थियो ।
आक्रमणबाट जोशीको टाउको र जिउमा चोट लागेको थियो । मेयरका उम्मेदवार जोशीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूलाई मार्ने योजनासहित आक्रमण भएको बताउनु हुन्छ । सो घटनापछि ब्यास नगरपालिकाको दुई मतदान केन्द्रमा चुनाव स्थगित भएको छ । सो निर्वाचन बुधवार हुँदैछ ।
बैशाख ३० गते भएको सो घटनाबारे गृहमन्त्री बालकृष्ण खाँणले कुनै सुनुवाई नगरेको र बचाउन प्रहरीलाई निर्देशन पनि नदिएपछि जोशीले अस्पतालबाटै गृहमन्त्री खाँणलाई पत्र लेख्नुभएको थियो ।





प्रतिक्रिया