दमक -झापाको दमक नगरपालिका–३ मा महागठबन्धनलाई पराजित गर्दै नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा नवीन बराल २ हजार ९ सय ४४ मत ल्याइ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डिल्ली चापागाईंले १ हजार ८ सय १८ मत ल्याउनु भएको छ ।
दमक–३ को ५ हजार २ सय ५७ मत गणना गर्दा नगरप्रमुखमा एमालेकी उम्मेदवार गीता अधिकारीले २ हजार ६ सय ७८ मत पाउनु भएको छ । योसँगै उहाँको मत ९ हजार २ पुगेको छ ।
गठबन्धनबाट राप्रपाका राम थापाले सो वडामा १ हजार ९ सय ७१ मत पाउनु भएको छ । योसँगै उहाँको ९ हजार १ सय ७२ पुगेको छ । दमकमा २१ हजार १ सय ८३ मत गनिएको छ ।





प्रतिक्रिया