अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथको क्षेत्रमा गठबन्धन पराजित, माइजोगमाईको अध्यक्षमा एमालेका थेबे निर्वाचित

झलनाथको क्षेत्रमा गठबन्धन पराजित, माइजोगमाईको अध्यक्षमा एमालेका थेबे निर्वाचित


इलाम – इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशवहादुर थेबे निर्वाचित हुनु भएको छ ।

सत्ता गठबन्धनबाट नेकपा एसका उम्मेदवार जीतवहादुर राईलाई पराजित गर्दै उहाँ बिजयी हुनु भएको हो । थेबे ५,१३५ मत ल्याई विजयी भएका छन् ।

उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजवादी उम्मेदवार जीतबहादुर राईलाई २२२ मतान्तरले पराजित गरेका हुन् । पराजित जीतबहादुर राईले ४,९१३ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनबाट नेपाली कांग्रेसकी प्रविना राई निर्वाचित हुनु भएको छ । यो नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो ।

खनालकै जोडबलमा सो पालिकाको अध्यक्ष गठबन्धनबाट नेकपा एसले पाएको थियो ।