अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुरमा एमालेले घटायो मतान्तर

भरतपुरमा एमालेले घटायो मतान्तर


भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले सत्ता गठबन्धनसँगको मतान्तर घटाएको छ। २१ हजार ६९३ मतको परिणाम सार्वजनिक हुँदा गठबन्धन र एमालेबीचको मतान्तर ३३७ मा झरेको छ।
यसअघि २० हजार ८८ मत गणना हुँदा गठबन्धकी साझा उम्मेदवार रेनु दाहालको मतान्तर ३४६ पुगेको थियो।

उनले ७ हजार ३९४ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी विजय सुवेदीले ७ हजार ५७ मत पाएका छन्।

गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ९५६ मत र उनका निकटतम् प्रतिद्वन्द्वी हिमला गुरुङले ५ हजार ८३० मत पाएका छन्।