अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोल्पाको त्रिपुरासुन्दरीको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी

डोल्पाको त्रिपुरासुन्दरीको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी


डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका जनचन्द्र रोकाया र उपमेयरमा देवी घर्ती निर्वाचित भएका छन्।

रोकायाले २ हजार १०४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रलाल धरालाले  १ हजार ५९६ मत ल्याएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १ हजार ४२२ मत पाए ।

उपाध्यक्षमा निर्वाचित एमालेकी घर्तीले १ हजार ८५६ मत ल्याउँदा माओवादी केन्द्रका काली चलाउनेले १ हजार २९० मत पाएका छन् । कांग्रेसकी सावित्री पहाडीले १ हजार २७७ मत ल्याउनु भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो ।