अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्तीको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा एमाले विजयी

राप्तीको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा एमाले विजयी


तुलसीपुर – लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । माओवादी केन्द्रका प्रकाश विष्टले प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार जगतप्रसाद पोखरेललाई एक हजार १९८ मत अन्तरले पराजित गर्नुभएको हो ।

विष्टले ६ हजार ६९८ मत प्राप्त गर्नुभएको थियो भने पोखरेलले पाँच हजार ७०० मत प्राप्त गर्नुभएको थियो । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जदगदम्बा कुमारी चौधरीले चार हजार ११९ मत प्राप्त गर्नुभएको छ । चौधरी यसअघि गाउँपालिका उपाध्यक्ष हुनुहुन्थ्यो ।

राप्तीमा माओवादी केन्द्र र जनमोर्चाबीच गठबन्धन भएर चुनावमा होमिएको थियो । उपाध्यक्ष जनमोर्चाको भागमा थियो तर जीत एमालेकी उम्मेदवार कमलापती चौधरीले निकालिन् । उहाँले ६ हजार ६७४ मत पाएर विजयी भएकी हुन् भने नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद भुसालले पाँच हजार ४९६ मत पाउनुभएको थियो । त्यस्तै जनमोर्चाका उम्मेदवार केशवराज खनालले चार हजार ४६४ मत प्राप्त गर्नुभएको थिए । यसअघि यो पालिकामा कांग्रेसले विजयी हासिल गरेको थियो ।