अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङको ढोरपाटन नगरप्रमुखमा एमालेका देवकुमार नेपाली पुनः विजयी

बागलुङको ढोरपाटन नगरप्रमुखमा एमालेका देवकुमार नेपाली पुनः विजयी


बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी हुनुभएको छ ।

संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

नेपालीले पाँच हजार ७३५ मत प्राप्त गर्दा अर्यालले पाँच हजार १३५ मत प्राप्त गर्नुभएको छ । नगरपालिकाको उपप्रमुखमा पाँच दलीय गठबन्धनका धनबहादुर कायत विजयी हुनुभएको छ ।  नेपाली कांग्रेसका कायतले पाँच हजार ६५० मत प्राप्त गर्नुभएको छ । ताराकुमारी पुनले चार हजार ४८४ मत प्राप्त गर्नुभएको छ । पुनले नेकपा एमालेको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिनुभएको थियो ।