अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा एमालेका उपमेयर अम्बिकाको १४३ मतको अग्रता,मेयरमा गीताले मतान्तर घटाउदै १७० सिमित

दमकमा एमालेका उपमेयर अम्बिकाको १४३ मतको अग्रता,मेयरमा गीताले मतान्तर घटाउदै १७० सिमित

दमकमा दबाबमा रहेका एमाले उम्मेद्वारलाई राहत


दमक- दुईदिन देखिको महागठबन्धनको फराकिलो मतान्तरमा धावा बोल्दै नेकपा एमालेका उपमेयरका उम्मेद्वार अम्बिका खनालले अग्रता लिनुभएको छ ।
महागठबन्धनका उपमेयरका उम्मेद्वार रेगिना प्रसाईंसँग गणनाको सुरु देखि नै तिव्र दबाबमा रहेका खनाललाई दमक वडा नं ३ ले राहात दिएको छ । एमालेको गढको रुपमा रहेको यो वडामा रेगिनालाई भन्दा अम्बिकालाई ८ सय ११ मत बढी आएपछि अम्बिकाको अग्रता बढेको हो । यो वडाबाट अम्बिकालाई २७ सय ३९ मत आएको थियो भने रेगिनालाई १९ सय २८ मत आएको थियो । एमालेका उम्मेद्वार अम्बिका अब १ सय ४३ मतले अग्रता हासिल गर्नुभएको छ ।
यता मेयरकी उम्मेद्वार गीता अधिकारीले पनि महागठबन्धनका राम थापासँग मतान्तर घटाउनुभएको छ । ३ वडाले एमालेकी गीतालाई २६ सय ७८ मत दिलायो भने महागठबन्धनका रामलाई १९सय७१ मत मात्र प्राप्त भयो । यो वडाले एमालेकी गीतालाई प्रतिवन्दी भन्दा ७ सय ७ मत बढी उपलब्ध गराएपछि उहाँको दबाब पनि घटेको छ । अहिले रामको ९१सय ७२ मत छ भने गीताको ९हजार २ मत छ । राम भन्दा गीता १सय ७० मतले पछि हुनुहुन्छ । गठबन्धनको फराकिलो मतान्तरलाई क्रमश साँघुरो बनाउदै गएको एमाले नेताहरु बताउछन् । एमाले नेताहरुले अब केहीबेरपछि गणना सुरु हुने वडा नं ८ बाट दुवै पदमा गठबन्धनलाई फराकिलो मतान्तरले पछि पार्ने बताएका छन् ।
उता महागठबन्धनले भने आफ्नो पकड क्षेत्र वडा नं ७ बाट एमाले उम्मेद्वारलाई दबाबमा राख्ने बताएको छ ।