अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाका दुई पत्रकार वडाध्यक्षमा निर्वाचित

झापाका दुई पत्रकार वडाध्यक्षमा निर्वाचित


बिर्तामोड – झापाका दुई जना पत्रकार वडाध्यक्षमा निर्वाचित भएका छन् । प्रेस चौतारीमा आवद्ध दुवै जनाले गठबन्धनलाई पराजित गरेर प्यानल नै विजयी हासिल गरेका हुन् ।

बुद्धशान्ति गाउँपालिका वडा-१ को वडाध्यक्षमा अनिल वाग्ले निर्वाचित भएका छन् । उहाँ स्थानीय पूर्वेली साप्ताहिकका सम्पादकको रुपमा कार्यरत हुनुहुन्थ्यो । बुधबारे जेसीजमा अध्यक्ष भएर काम गरिसकेका वाग्ले प्रेस चौतारी झापा र नेपाल पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य हु्न् ।

जेसीजमा अध्यक्ष भएर उत्कृष्ट काम गरेर चर्चा कमाएका वाग्लेले नेकपा एमालेबाट वडाध्यक्ष जितेका हुन् । उहाँले भारी मतान्तरमा वडाध्यक्ष पदमा विजयी भएका छन् ।

यस्तै, कमल गाउँपालिका वडा-३ मा निर्वाचित अग्नि कोइराला लामो समयदेखि प्रेस चौतारीमा आवद्ध थिए । उहाँले पनि नेकपा एमालेबाट वडाध्यक्ष पद्मा विजय हासिल गरेका छन् । नेपाल पत्रकार महासंघको साधारण सदस्य कोइराला दमकबाट प्रकाशित न्यू मासलाईनका कार्यरत थिए ।