अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डडेलधुराको पर्शुराममा २८ वर्षीय युवा नगरप्रमुख निर्वाचित

डडेलधुराको पर्शुराममा २८ वर्षीय युवा नगरप्रमुख निर्वाचित


धनगढी – डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा २८ वर्षीय भरत बडायर जोशी विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार जोशी निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंह माललाई पराजित गर्दै विजयी भएका हुनुभएको हो ।
जोशीले ५ हजार ९४१ र मालले ५ हजार ८०५ मत पाउनुभएको छ ।

नगर उपप्रमुखमा माओवादी केन्द्रकी विमला महत विजयी हुनुभयो । महतले ५ हजार ८८५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कलावती बोहराले ४ हजार ५९३ मत पाउनुभयो ।