अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा एमालेकी गीताको मतान्तर १५ मा झर्यो,अम्बिका रेगिना भन्दा १ सय ४३ मतले अघि

दमकमा एमालेकी गीताको मतान्तर १५ मा झर्यो,अम्बिका रेगिना भन्दा १ सय ४३ मतले अघि


दमक- दमकमा महागठबन्धनको राप्रपासँग १७० मतले पछि परेकी एमालेकी गीता अधिकारीले मतान्तर घटाएर १५ मा झार्नु भएको छ । वडा नं ८ को कुल ३८ सय मत मध्ये २२सय मत गणना गर्दा गीताले मतान्तर घटाएर १५ मा झार्नुभएको हो । यो वडामा हालसम्म २२ सय मत गणना भएकोमा गीताले १ह्जार ४७ ल्याउनुभयो भने राप्रपाका राम थापाले ८ सय ९२ मत ल्याउनुभएको छ । मेयरमा हालसम्म रामम थापाको १० हजार ६४ र गीता अधिकारीको १० हजार ४९ मत रहेको निर्वाचन अधिकृतको कार्यलय दमकले जनाएको छ ।
यसैगरी उपमेयरमा एमालेका अम्बिका खनालको ९ हजार ८ सय ७४ आएको छ भने महागठबन्धनबाट काँग्रेसकी रेगिना प्रसाईंको ९ हजार ७ सय २७ मत आएको छ । वडा नं ८ बाट अम्बिकालाई ९सय२४ र रेगिनालाई ९ सय २० मत गएको छ । हालसम्म अम्बिकाले रेगिनालाई १सय ४७ मतले पछि पार्नुभएको छ ।