अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी विजयी

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी विजयी


टोखा -नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी पुनः विजयी हुनुभएको छ । उनी १० हजार ३ सय ४० मत ल्याएर विजयी हुनुभएको हो।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले १० हजार १ सय ६६ मत ल्याउनुभएको हो । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी हुनुभएको छ ।

१० हजार १ सय ३२ मत प्राप्त उपमेयरमा तामाङ विजयी भएका हुन् । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याउनुभएको छ ।