सुर्खेत- सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका ओजबहादुर बुढाथोकीले हजार ८ सय ९२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ मत ल्याउनुभयो । अध्यक्षमा पराजित विष्ट नेपाली कांग्रेस सल्यानका सभापति हुनुहुन्छ ।
उपाध्यक्षमा पनि एमालेकै बुद्धाकुमारी खत्री विजयी हुनुभयो । उपाध्यक्षमा विजयी भएकी खत्रीले ३ हजार ३ सय ८२ मत ल्याउनुभयो भने उहाँकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३ हजार ४७ मत पाउनुभएको छ ।





प्रतिक्रिया