अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाविस अध्यक्ष भएको २५ वर्षपछि वडाध्यक्ष निर्वाचित बस्नेत भन्नुहुन्छ -विगतको अनुभव वडाको समृद्धिमा प्रयोग गर्छु

गाविस अध्यक्ष भएको २५ वर्षपछि वडाध्यक्ष निर्वाचित बस्नेत भन्नुहुन्छ -विगतको अनुभव वडाको समृद्धिमा प्रयोग गर्छु


गौरादह -२०५४ सालको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्ष भएको २५ वर्षपछि दुर्गामणी बस्नेत गौरादह नगरपालिका ४ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बस्नेत २०५४ सालमा नेकपा एमालेका तर्फबाट संखुवासभाको आँखीभुइृं गाविसको अध्यक्ष निर्वाचित हुनुभएको थियो । बस्नेत अहिले गौरादह नगरपालिका ४ बाट प्यानल सहित वडाध्यक्षमा विजयी हुनुभएको हो ।
गाविस अध्यक्षको कार्यकाल सकिएपछि झापा बसाईं सरेका बस्नेत एमालेको स्थानीय राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले पूर्वमन्त्री युवराज कार्कीको सचिवालयलमा बसेर पनि काम गर्नुभएको थियो । एमालेको किल्लाको रुपमा चिनिएको तत्कालिन महारानीझोडाको धरधरे,डोरामारी,मझुवा वडा नं ४ मा पर्दछन् । पूर्वमन्त्री,साँसदहरु पालिका अध्यक्षमा प्रतिष्पर्धा गर्न आइरहेको अवस्थामा आफूलाई यो जिम्मेवारी कुनै नौलो नभएको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो हिजोका स्थानीय निकायसँग आजका स्थानीय तहलाई तुलना गर्न मिल्दैन । हिजोको निकाय समन्वयकारी थियो । आजको स्थानीय तह स्वायत्त छन् । संविधानले वडाहरुलाई पनि सरकारको मान्यता दिएको छ । त्यसैले वडातहबाट पनि जनताका कामलाई सहज र प्रभावकारी ढंगले गर्न सक्छु भन्ने लागेको छ ।
बस्नेतले यो बेलासँग भन्नुभयो गाविस अध्यक्ष हुँदाको अनुभव वडाको विकास र समृद्धिमा प्रयोग गर्छु ।