अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामको रोङमा नेपाली काँग्रेसका मनिकुमार अध्यक्ष र एमालेकी विष्णुमाया उपाध्यक्ष निर्वाचित

इलामको रोङमा नेपाली काँग्रेसका मनिकुमार अध्यक्ष र एमालेकी विष्णुमाया उपाध्यक्ष निर्वाचित


इलाम -इलामको रोङ गाउँपालिकामा नेपाली काँग्रेसका मनिकुमार स्याङबो अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गर्नुभएको हो । स्याङबोले ४ हजार छ सय ७९ मत पाउनुभयो भने तामाङले चार हजार तीनसय २२ मत पाउनुभएको छ ।
उपाध्यक्षमा भने नेकपा एमालेकी विष्णुमाया भुजेल निर्वाचित हुनुभयो । उहाँले काँग्रेसकी कल्पना देवी खनाल भण्डारीलाई पराजित गर्दै भुजेल पालिका उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । भुजेलले चार हजार छ सय ५६ मत प्राप्त गरेकी छिन् भने खनालले चार हजार एक सय ९७ मत पाउनुभएको छ ।