सिन्धुली- सत्ता गठबन्धनलाई परास्त गर्दै सिन्धुलीको फिक्कल गाउँपालिकामा एमालेका युवा उम्मेद्वारहरु अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् ।
अध्यक्षमा पार्वती सुनुवार विजयी हुनुभएको छ । उहाँ यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षका उम्मेदवार राजु बराल निर्वाचित हुनुभएको छ ।
यसबारे निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी दिन भने बाँकी छ ।
फिक्कलमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।





प्रतिक्रिया