सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका १० मा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा एमालेका विवेक राईसहित पुरै टिम निर्वाचित भएको हो।
राइले कांग्रेसकी रुपा राईलाई पराजित गर्नुभएको हो । उहाँले ९२४ मत प्राप्त गर्नुभयो। रुपाले ५६७ मत मात्र प्राप्त गर्नुभएको थियो ।
यस्तै वडासदस्यमा कृष्णबहादुर राई, फुर्दिकी शेर्पा, अरुना सुन्दास र समसेर बर्देवा निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया