सप्तरी – सिके राउत नेतृत्वको जनमत पार्टीले पहिलो पालिका जितेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझी विजयी हुनुभएको हो ।
उहाँ निवर्तमान प्रमुख एवं जसपाका उम्मेदवार शैलेश साहलाई १६१ मतान्तरले हराउँदै विजयी हुनुभएको छ ।
माझीले ६ हजार ४०७ मत ल्याउनुभयो भने साहले ६ हजार २४६ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया