अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्चीको प्रमुखमा कांग्रेसका आइतमान उपप्रमुखमा एमालेकी उमा प्रधान

मेलम्चीको प्रमुखमा कांग्रेसका आइतमान उपप्रमुखमा एमालेकी उमा प्रधान


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

एमाले र काङ्ग्रेसबिच भएको तीव्र प्रतिस्पर्धामा एमालेका उम्मेदवार बालकृष्ण देउजालाई पराजित गर्दै काङ्ग्रेसका आइतमान तामाङले मेयरमा विजयी हासिल गर्नुभएको हो । तामाङले ९३ मतले देउजालाई पराजित गर्नुभएको छ ।

यस्तै उपमेयरमा भने एमालेका उमा प्रधान विजयी हुनुभएको छ । उहाँले राप्रपा उम्मेदवार कुमारी तामाङलाई पराजित गर्नुभएको हो । यहाँ काङ्ग्रेस र राप्रपाको मेयर उप मेयरमा गठबन्धन थियो।

मेलम्ची वडा नम्बर १,२,३,७,११ र १३ मा एमालेका उम्मेदवार अध्यक्षमा निर्वाचित भयो भने बाँकी वडा काँग्रेसले जितेको छ ।