अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त फुकुयामाको जस्तो भयो : योगेश भट्टराई

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त फुकुयामाको जस्तो भयो : योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले सरकारले प्रतिनिधिसभामा पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता नै गलत भएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिदै उहाँले यो सिद्धान्त अगाडी पनि जान नसक्ने र पछि पनि सर्न नसक्ने गाडाको अवस्थामा रहेको बताउनुभयो ।

यो सिद्धान्त फुकुयामाको सिद्धान्त जस्तो भएको बताउँदै उहाँले भन्नुभयो, ‘इतिहासको अन्त्य र सिद्धान्तको मृत्यू फुकुयामाको बाद हो । अर्थमन्त्री अहिले यो बादमा हिँडेजस्तो देखियो ।’

उहाँले फरक विषयमा बोल्दै सरकारले हचुवाको भरमा दुई दिन बिदा दिइएको बताउनुभयो । ‘विकल्प नसोचेर हचुवाको भरमा सरकारले दुई दिन बिदा दिएको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले दुई दिन बिदाको कुरा गरेको छ । दुई दिनको विदा केका लागि ? दुई दिन बिदा केका लागि ? पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हो भने त्यो प्रत्युत्पादक हुन्छ ।’

उहाँले दुई दिन बिदा हुँदा राष्ट्रि श्रम शक्तिलाई अघाडि बढाउन नसक्ने बताउनुभयो । ‘दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन । थप बिदा दिँदा राष्ट्रिय श्रम शक्तिलाई कसरी अघि बढाउन सक्छ ? देशको पर्यटन उद्योगलाई बढाउने उपाय नसोचेर हचुवाको भरमा बिदा दिइएको छ ।’