अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनलाई पराजित गर्दै चितवनको कालिकाको मेयरमा एमालेका रेग्मी निर्वाचित

गठबन्धनलाई पराजित गर्दै चितवनको कालिकाको मेयरमा एमालेका रेग्मी निर्वाचित


चितवन – चितवनको कालिका नगरपालिकाको मेयरमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका विनोद रेग्मी निर्वाचित हुनु भएको छ । उहाँले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतले पराजित गर्नु भएको हो ।

रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पराजित बनेका कांग्रेसका केसीले १० हजार ५७१ मत पाएका थिए ।  रेग्मी र केसीका बीचमा निकै प्रतिस्पर्धा भएको थियो ।

उपमेयरमा पनि एमालेकै विमला लामा निर्वाचित हुनु भएको छ । उहाँले गठबन्धनबाट उपमेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी सविता लामालाई ७६१ मतान्तरले पराजित गर्नु भएको हो। विमलाले १० हजार ४४९ मत ल्याउँदा सविताले ९ हजार ६८८ मत ल्याउनु भयो । कालिकाका वडातहसम्म नै गठबन्धन गरिएको थियो ।

११ वटा वडा रहेको कालिका नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र माओवादीले २ वडा जितेको छ ।