अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा निर्वाचित

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा निर्वाचित


वीरगन्ज – पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित वशिष्ट गुप्ता २१ वर्षीय युवा हुन् । उहाँले भारतको देहरादुनबाट बीबीएसम्म अध्ययन गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी हुनु भएको छ । वशिष्ट ११७ मतले कांग्रेसका उम्मेदवार अजय पटेललाई पराजित गरेको निर्वाचन कार्यालयले जनाएको छ । वशिष्टले ३ हजार ७४३ मत ल्याएका छन् भने कांग्रेसका अजयले ३ हजार ६२६ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी राजमती जसपाकी उम्मेदवार सहानी खातुनलाई १११ मतले हराउँदै विजयी हुनु भएको छ । राजमतीले ३ हजार ९८२ मत ल्याउनु भएको छ । जसपाकी खातुनले ३ हजार ८५९ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

५ वटा वडा रहेको गाउँपालिकाको ३ वटा वडाध्यक्षमा जसपा, एक-एक वटामा एमाले र कांग्रेस विजयी भएको छ ।