अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरको दोधारा चाँदनीमा एमालेका लिम्बू नगरप्रमुखमा निर्वाचित

कञ्चनपुरको दोधारा चाँदनीमा एमालेका लिम्बू नगरप्रमुखमा निर्वाचित


कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गर्दै लिम्बू नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । लिम्बूले सात हजार १०४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी भट्टले छ हजार १७१ मत ल्याउनुभएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखको उम्मेदवार रहनुभएकी निरुदेवी कामीले ७७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गङ्गादेवी जोशी निर्वाचित हुनुभएको छ । उहाँले छ हजार ३६५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार खिमा चन्दले पाँच हजार ८२२ मत प्राप्त गर्नुभएको छ ।

२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । १० वटा वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले छ वडाध्यक्षसमेत जितेको छ । नौवटा पालिका रहेको कञ्चनपुरमा नेकपा एमालेले दुई र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक-एक पालिकामा जित निकालेको छ ।