महेन्द्रनगर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार किशोरकुमार लिम्बु मेयरमा निर्वाचित भएका हुन् ।
लिम्बुले ७ हजार १०४ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार भट्टलाई पराजित गर्नु भएको हो । भट्टले ६ हजार १७१ मत पाउनु भएको छ ।
उपमेयरमा भने नेपाली कांग्रेसकी गंगादेवी जोशी विजयी हुनु भएको छ । जोशीले ६ हजार ३६५ मत पाउँदा उहाँकी निकटतम् प्रतिस्पर्धी एमालेकी खिमा चन्दले ५ हजार ८२२ मत ल्याउनु भएको छ ।
दोधाराचाँदनी नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्रभाव क्षेत्र मानिन्छ । तर यसपटक कांग्रेस गढमा बहुमत वडाध्यक्षसहित एमाले विजयी भएको छ ।





प्रतिक्रिया