अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथरको याङवरकमा अध्यक्षमा एमालेका भीम योङ्या र उपाध्यक्षमा बाबा मेनेङ्बो निर्वाचित

पाँचथरको याङवरकमा अध्यक्षमा एमालेका भीम योङ्या र उपाध्यक्षमा बाबा मेनेङ्बो निर्वाचित


फिदिम – पाँचथरको याङवरक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएको छ। अध्यक्षमा भीमबहादुर योङ्या र उपाध्यक्षमा बाबा मेनेङ्बो निर्वाचित हुनु भएको छ ।  

भीमबाहादुरले निकटतम प्रतिद्वन्दवी नेपाली कांग्रेसका मबिन्द्र योङ्लाई ८० मतले पराजित गर्नु भएको हो। भीमबहादुरले ४ हजार ११८ मत प्राप्त गर्दा मबिन्द्रले ४ हजार ३८ मत प्राप्त गर्नु भएको छ ।

बाबाले उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुन बेघालाई ३१९ मतले गर्नु भएको हो । बावाले ३ हजार ९९८ मत प्राप्त गर्दा अर्जुनले ३ हजार ६७९ मत प्राप्त गर्नु भएको छ ।