अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी विजयी

गौरको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी विजयी


रौतहट – रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एकीकृत समाजवादीले जितेको छ । एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

साहले ६ हजार ३८१ मत प्राप्त गर्दा गुप्ताले ३ हजार ७५५ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए ।

यसैगरी उपमेयरमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साह निर्वाचित हुनु भएको छ । उहाँले ४ हजार ८०९ मत ल्याउनु भएको छ भने निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अमरुल कले १ हजार ४७ मत पाउनु भएको छ । नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार शाहजान खातुनले ९४४ मत ल्याउनु भएको छ ।