अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री जनार्दन शर्माले ‘ब्रम्हलुट’ गर्दै हुनुहुन्छ : खगराज अधिकारी

अर्थमन्त्री जनार्दन शर्माले ‘ब्रम्हलुट’ गर्दै हुनुहुन्छ : खगराज अधिकारी


काठमाडौं – नेकपा एमालेका सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले ‘ब्रम्हलुट’ मच्चाउन खोजेको आरोप लगाउनु भएको छ ।

संघीय संसदको प्रतिनिधिसभामा जारी विजियोजित विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले आजको संसदमा अर्थमन्त्रीको रुपमा जनार्दन शर्मा आउने कि नआउने भनेर आफूले अनुमान गरिरहेको टिप्पणी गर्नुभयो ।

‘म आज अर्थमन्त्रीज्यू अर्थमन्त्रीको रुपमा आउनुहुन्छ कि आउनुहुन्न भनेर अनुमान गरिरहेको थिएँ,’ अधिकारीले भन्नुभयो, ‘गभर्नर निकाल्नुभयो, पुनर्वहाली भयो। महेश आचार्यले त राजीनामा दिनुभएको थियो, उहाँ त यहीँ हुनुहुन्छ। अनि यसरी गुड गभर्नेन्स हुन्छ ? सुशासन हुन्छ ?’