उदयपुर – उदयपुरको बेलका नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् ।
नगरको मेयरमा एमालेका दुर्गा कुमार थापालाई ३ हजार बढी मतले कांग्रेसका अशोक कार्की निर्वाचित हुनु भएको छ ।
अशोकले १० हजार १२० मत ल्याउँदा दुर्गा कुमारले ६ हजार ९८० मत मात्र ल्याउनु भएको छ । यस्तै समाजवादीका महेन्द्रबहादुर राई ८५८, राप्रपाका इन्द्रप्रसाद अधिकारीले ४१८ र मंगोल नेशनल अर्गनाइजेशनका मसिन बहादुर राईले १७९ मत पाउनु भएको छ ।
यस्तै नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका मनोज कुमार तामाङलाई हराउँदै एमालेकी जीरा राई निर्वाचित हुनु भएको छ । राईले ८ हजार २७६ मत ल्याउँदा तामाङले ७ हजार ४९५ मात्र मत ल्याउनु भएको छ ।
यस्तै जनता समाजवादीकी गिता गरीले ६५७, राप्रपाकी मञ्जु कुमारी चौधरीले ६२२ र मंगोल नेशनल अर्गनाइजेशनकी चन्द्रकला चौधरीले १५४ मत पाउनु भएको छ ।





प्रतिक्रिया