अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्साको पर्सागढीको मेयर र उपमेयरमा एमाले विजयी

पर्साको पर्सागढीको मेयर र उपमेयरमा एमाले विजयी


पर्सा – पर्साको पर्सागढी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा गोकर्ण पाठक र उपमेयरमा पूजा चौधरी निर्वाचित हुनु भएको हो ।

मेयरमा निर्वाचित पाठकले ६ हजार ६२४ मत ल्याउनु भएको छ भने उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लोकनारायण यादवले ३ हजार ७३३ मत ल्याउनु भएको छ ।

उपमेयरमा निर्वाचित चौधरीले ७ हजार ६१६ मत ल्याएर निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेसकी अर्चना चौधरीले ३ हजार ४३० मत ल्याउनु भएको छ ।