अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वालिङ नगरप्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस

वालिङ नगरप्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस


स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी हुनुभएको हो । खाणले कांग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १८० मतान्तरले पराजित गर्नुभएको हो । कृष्णले १३ हजार ७७६ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी दिलीपप्रतापले ११ हजार ५९६ मत पाउनुभयो ।

यस्तै उपप्रमुखमा तिवारीले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गर्नुभएको हो । तिवारीले १२ हजार ८२२ तथा थापाले १२ हजार ३४० मत प्राप्त गर्नुभयो । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा पराजित हुनुभएको थियो ।

चौध वडामध्ये एमाले वडा नं ३, ४, ६, ७, ८, ९, १२ र १३ मा तथा कांग्रेस वडा नं १, २, ५, १०, ११ र १४ मा विजयी भयो । विसं २०७४ मा प्रमुख, उपप्रमुखसहित सात वडामा कांग्रेस विजयी भएको थियो । कूल ३९ हजार ६५९ मतदाता रहेको वालिङमा कूल २६ हजार ७७४ ९६७।५१ प्रतिशत० मत खसेको थियो ।